काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा ७४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।




















