काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको आरोप लगाएका छन्। सोमबार संसद्को विशेष समयमा बोल्दै एमाले प्रमुख सचेक गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताए ।
युवाहरू गहभरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताए ।गिरीले भने,‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त्रीज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?’
गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताए । गिरीले भने,‘हरेक ठाउँमा जानुहुन्छ निर्देशन मात्रै दिनुहुन्छ । आश्वासन पूरा भए भएनन् भन्ने चिन्ता छैन प्रधानमन्त्रीज्यूलाई ।’

























