काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।
बैठकमा मन्त्रिपरिषद्को पूर्णता, आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।