काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा बस्ने वैठकले मन्त्री र वैशाख १० गते चितवन, वारा र तनहुँमा हुने उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको कांग्रेसबाट को–को मन्त्री बन्नेबारे लगभग टुंगिए पनि आजको बैठकले औपचारिक निर्णय गर्ने छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।