काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजेका लागि बोलाइएको वैठकले सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुने छन्।
यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको गरेको थियो। सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम लगभग टुंगो लगाइसकेको भएपनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए पनि कांग्रेसको वैठक नै मंगलबारका लागि बोलाइएको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा उपचनिर्वाचन हुँदै छ।