काठमाडौँ । मन्त्रिपरिषद् वैठकले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।
अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् भने त्यसपछि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
आज वढुवा भएका एआईजीहरुमध्येबाटै अबको केही दिनमा आईजीपी चयन हुनेछ ।