काठमाडौं । काठमाडौंदेखि सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि फर्काएर काठमाडौंमा अवतरण गरिएकाे छ । विमानकाे इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।
आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।
यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।