काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा समाजवादीबीच हुने पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ ।
नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माका अनुसार प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने छन् ।