विराटनगर । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आज बन्दको आह्वान गरिएको छ । केही स्थानमा बन्द कर्ता सडकमा उत्रिएर अवरोध गरेको प्रहरीले जनाएको छ । बन्दका कारण सवारी साधानहरु न्यून मात्र चलेका छन् ।
विराटनगरबाट छुट्ने लामा दूरीका सवारीसाधन चलेका छैनन् भने छोटा दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका छ।
विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको आह्वान गरेको हो । हिजो कोशी प्रदेशका विभिन्न सहरहरूमा राँके जुलुस समेत प्रदर्शन भएको थियो ।
प्रदेश सभाले कोशी प्रदेश नामकरण गरेपछि जातीय पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएकाहरूले विरोध गर्दै आएका छन् ।
कोशी प्रदेशसभामा नामकरणका लागि फागुन १७ गते भएको मतदानमा ८२ जनाले पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत खसेको थियो । कोशी प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् ।























