काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (फागुन २८ गते) सकिँदै छ। आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसक्नु भएको छ । पौडेले सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारी शीतल निवासबाट निजी निवास बूढानिलकण्ठमा सर्न लाग्नु भएको छ ।
भण्डारी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो । त्यसअघि संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक भण्डारी राष्ट्रपति हुनु भएको थियो ।
पहिलो राष्ट्रपति रामवरण यादव आफ्नो निजी निवास हुँदाहुँदै सरकारी सुविधामा भाडाको घरमा बस्नु भएको छ । तर भण्डारी भने आफ्नै निवासमा बस्नु लाग्नु भएको हो ।



















