काठमाडौँ । आज दिउँसो पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशभरका पहाडी क्षेत्रका एक/दुई स्थानमा वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुुसार राति गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षा हुने सम्भावना छ । यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको मौसमविद् अधिकारीले जानकारी दिएका छन् ।



















