काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन् ।

यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती, वृदवृद्धा,बालबालिका होली मनाइरहेका छन् ।

परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन् । होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ ।


यहाँ विदेशी पर्यटकको उल्लेख्य सहभागी रहेको छ । वसन्तपुरमा एक साताअघि चीर गाडिएको थियो। चीर गाडिएसँगै काठमाडौंमा होलीको चहल पहल बढेको थियो ।























