काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।
२४ औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताएका छन् ।
उनले पार्टीभित्रको अन्तरसंघर्षमा सही बिचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गरेका छन् ।
चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सही बाटोमा हिडाउने सामथ्र्य प्रचण्डमा नरहेको उनको भनाइ छ । प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसंग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका बिषयमा सहकार्य ताडेर हिडेको धारणा राखेका छन् ।
देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुन समस्या देखिएको उनले बताएका छन् ।





















