काठमाडौँ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा बनेको आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्ने वैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।
राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र आठ दलीय गठवन्धनबाट कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।



















