काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। आज कतै वर्षा, कतै हिमपात र कतै हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा अपराह्नतिर हावाहुरीको सम्भावना रहेको छ ।
दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाहेक देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।



















