काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजेबाट बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम शुरु बताइएको छ ।
आठ दलीय गठबन्धनको औचित्य र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले आयोजित कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।



















