काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइरालाले आठ दलीय गठबन्धन पाँच वर्ष नै टिक्ने र यो बीचमा माधव कुमार नेपाल एक वर्ष र शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री हुने बताएका छन् ।
संघीय सांसदहरुलाई प्रशिक्षण दिन गठवन्धनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षणका क्रममा बोल्दै कोइरालाले नयाँ मान्छेहरुलाई प्रशिक्षण कार्यक्रम चाहिने बताएका छन् । ‘ह्विवप नलाग्ने भएकाले भोट क्रस हुने सम्भावना भए पनि मलाई त्यस्तो लाग्दैन’ कोइरालाले भने ।
राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताउँदै कोइरालाले २५ गतेपछि देशमा अर्कै गठबन्धन बन्छ भन्ने हल्ला मात्र भएको बताए ।
नेता कोइरालाले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाडेपछि माधव नेपाल प्रधानमन्त्री हुने र त्यसपछि देउवा प्रधानमन्त्री हुने बताएका छन् ।



















