काठमाडौं । आफूलाई अभियन्ता भन्ने सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइवाले विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छिन् ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटारस्थित आफ्नै निवासमा बुधबार राति विष सेवन गरेकी थिइन् । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ ।
राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको शर्मिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
उनले विष सेवन गर्नुको कारण खुलेको छैन । बोल्न सक्ने अवस्थामा भएपनि उनले त्यसको कारण बताएकी छैनन् । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।
यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न विमानस्थल पुगेका बेला धमलाकै प्रशंगमा गायक राजेश पायल राईसँग उनको विवाद भएको थियो ।



















