काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका ८ दलीय गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमालेले भने उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिमा उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।




















