काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम सभामुखले जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको वैठकमा संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस प्रतिपक्षमा बस्दै आएको छ भने विश्वासको मत फिर्ता लिएका एमाले पनि आजबाट प्रतिपक्षको मञ्चमा बस्ने भएको छ ।
सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परे पनि कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।




















