काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् ।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उनको भनाइ छ ।
राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुँदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिएका छन् । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताएका छन् ।
अरु पार्टीहरुको बिभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थीति नबनेको उनले बताए ।
























