मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।























