ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ताजिकिस्तानमा गएको ७.२ म्याग्निच्युडको भूकम्पको धक्का सीमा जोडिएको चीनमा समेत महसुस भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम् सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।
























