इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।
टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ।
टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घण्टापछि उद्धारकर्ता भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेको जनाएको छ ।
त्यसपछि बुधवार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टापछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो ।
गत हप्ता टर्की र सिरियामा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ। शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोप भनिएको भूकम्पबाट प्रभावितहरुको राहत र उद्धार कार्य जारी छ।
मौसम अत्यधिक चिसो हुँदा पनि मानिसहरू कडा चिसोमा खुला ठाउँमा बस्न बाध्य छन् । राहत र उद्धार कार्यमा सहयोग गर्न धेरै देशका टोली टर्की पुगेका छन् । नेपालले पनि स्वास्थ्य सामग्रीसहितको टोली टर्की पठाएको छ।

























