काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो ।
यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो ।
नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्नेछ । यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउनेछ ।
यसैबीच नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।