काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलेका छैनन् । ट्राफिक प्रहरीले जयादती गरेको भन्दै यातायात मजदुरहरुले आन्दोलन गरेका छन् ।
सोमबार आन्दोलनमा उत्रिएका यातायात मजदुरमाथि प्रहरीले दमन गरेर पछि दुईवटा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।
प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडरदेखि वालाजुका लोत्से महलमा समेत तोडफोड गरेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा नहुन्जेल उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।
मंगलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ ।



















