काठमाडौं । बिरामी र उनीहरूका आफन्तले उपचार सेवा पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
चिकित्सकहरूको आन्दोलनका कारण डाक्टरहरुले काम नगरेपछि वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।
टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका छन् ।
राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।
स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ भने चिकित्सक कुट्ने प्रहरी निलम्वित भइसकेका छन् । तर चिकित्सक संघले हजारौ विरामीलाई असर पुग्ने गरी आन्दोलन जारी राखेको छ ।
गंगालाल अस्पतालमा भने आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ ।



















