मलंगवा । सर्लाहीको बागमती नगरपालिकामा बुधबारबाट सुरु भएको ७औं राजर्षि जनक कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
१–० को अग्रता पाएपछि जावलाखेलले रक्षात्मक प्रदर्शन गरेको थियो । खेलमा फर्कनका लागि हौसिएका एपीएफका सबै प्रहारलाई जावलाखेलका खेलाडीले बिफल पारेका थिए।
खेलको म्यान अफ द म्याच जावलाखेलका गोलकिपर अनिश देउलालाई प्रदान गरिएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए। दोस्रो दिनको खेल युनाइटेड फुटवल क्लब दार्जिलिङ र सुदुरपश्चिम ११ का बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन उपप्रधान एवं भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् ।