काठमाडौं । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट लिगका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।
राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले पाँच खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
‘वुमन्स प्रिमियर लिगमा सम्बन्धित देशको बोर्डले नै खेलाडीको नाम सिफारिस गरेर पठाएको हो । लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरुको लागि पनि कोटा रहेकोले हाम्रो खेलाडीहरुको लागि पनि यो राम्रो अवसर रहेको छ’, पाठकले भने ।