काठमाडौं । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राखेका छन् । मोइ थाईको ‘विश्व च्याम्पियनसिप’मा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राखेका हुन् ।
थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए। उनीहरु तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार प्राप्त गरेको सचिव दिपक तामाङले बताए ।
थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागि टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरुसँगै थाइल्याण्ड गएका थिए ।