काठमाडौं । म्यानमारको सैन्य सरकारले संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएको छ ।
देशको संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको हो ।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा संकटकाल लागू भएको थियो ।
सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपत्काललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ । (एजेन्सी)