जनकपुर । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएको बताइएको छ ।
धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार लागू औषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोशन महतो र शङ्कर सिंह फरार भएका हुन् ।
हिरासतमा राखिएको चौकीको भित्ता फुटाएरु फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
























