काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकता लिएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।
लामिछाने आज नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएका थिए ।