काठमाडौं । सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ । करिब पाँच घन्टापछि सर्भर सञ्चालनमा आएको हो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेवसाइटहरू खुल्न थालेका छन् ।
यसअघि सर्भर डाउन हुँदा सरकारी वेवसाइटहरू ठप्प भएका थिए । सरकारी वेवसाइट र सफ्टवेयरहरू नचल्दा अति आवश्यब कामहरू पनि प्रभावित बनेको थियो ।
राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले प्राविधिक कारणले सर्भर डाउन भएको बताए। ‘प्राविधिक समस्या आएर सर्भर डाउन भएको थियो । समस्या समाधान भयो । सरकारी वेवसाइटहरू खुलिसके’ उनले भने ।