काठमाडौँ । पूर्वसचिव रामेश्वर खनालले बिहे गरेका छन् । बिहीबार श्रीपञ्चमीका दिन पूर्वअर्थसचिव खनालले सरिता शर्मा पोखरेलसँग दोस्रो विवाह गरेका हुन ।
उनको पहिलो श्रीमतीको ४ वर्षअघि अर्थात २१ असोज, २०७६ मा क्यान्सरका कारण निधन भएको थियो । पहिलो श्रीमती सुचित्रा खनालको निधनसँगै एकल भएका खनालले १९ वर्षदेखि एकल जीवन विताइरहेकी शर्मासँग विवाह गरेका हुन । दुवैतर्फको परिवारको उपस्थितिमा उनीहरुले केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।
उनीहरुले आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेको बताएका छन् । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।
खनाल पछिल्लो समय प्राध्यापन पेशामा छन् भने उनी अर्थविद्को रुपमा समेत परिचित छन् । खनालकी पनि एक छोरी छिन् ।