काठमाडौँ । सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँचजना बालबालिका पनि परेका छन् । प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका १६ जनाको ज्यान गएको हो ।
सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन्। भवनका भग्नावशेषबाट एकजनालाई मात्र जीवित उद्धार गरिएको छ।
प्रहरीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशंकामा उद्धारको काम जारी रहेको जनाएको छ । (एजेन्सी)