काठमाडौँ । कोरोना भाइरसको उदगमस्थल चीनमा फेरि संक्रमण दर बढेको छ । पछिल्लो १ हप्तामा मात्रै कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ । जनवरी १३-१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् ।
चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ । गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको सीडीसीले जनाएको छ ।
सीडीसीका अनुसार चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्दै गएको हो । लामो समयसम्म चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो ।
कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो । (एजेन्सी)