काठमाडौं । दक्षिण कोरियाको राजधानी सोलस्थित झुग्गी बस्तीमा आगलागी भएको छ । शुक्रबार बिहान आगलागी हुँदा ६० भन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरूले जनाएका छन्।
मानवीय क्षतिबारे कुनै विवरण नभए पनि सयौं स्थानीयको उद्धार गरिएको बीबीसीले जनाएको छ ।
आगलागी नियन्त्रण गर्न ९ सय बढी दमकल र सता वटा हेलिकोप्टर प्रयोग गरिएको थियो। आगलागीको कारण अहिलेसम्म खुलेको छैन । उक्त बस्तीमा अधिकांश घर काठले बनेका छन् । बीबीसीका अनुसार उक्त बस्तीमा पछिल्लो १३ वर्षमा १६ पटक आगलागी भइसकेको छ ।