काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।
सातदलीय गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपसभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ ।
भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
रास्वपाबाट उपसभामुखको उम्मेदवार काठमाडौं २ बाट निर्वाचित सोविता गौतम हुने चर्चा छ ।




















