काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कानूनी व्यवस्थाअनुसार संसदमा प्रमुख प्रतिपक्षी आफ्नो पार्टी भएको दावी गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कानूनी व्यवस्थाअनुसार नेमकिपा नै संसदको प्रमुख प्रतिपक्षी भएको दावी गरेका छन् ।
त्यस्तै उनले संसदमा कांग्रेसले प्रतिपक्षीको हैसियत गुमाएको समेत बताएका छन् । उनले संसद बैठक स्थगन गर्दै प्रतिपक्षी दल तोकेर मात्रै संसद सञ्चालन गर्न माग समेत गरे ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहाएको हो भने नेपालमा पश्चिम शैलीको संसदीय व्यवस्था समाप्त भएको र पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी रहेको सुवालले बताएका छन् ।
उनले प्रमुख प्रतिपक्षी भएर सरकारलाई रचनात्मक सहयोग गर्ने जिकिर गरेका छन् ।



















