काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । यो सभाको तेस्रो बैठक हो।
आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ ।
सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेका छन् ।
घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ,समर्थकमा हितराज पाण्डे,राजेन्द्र प्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् ।




















