काठमाडौं । एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।




















