काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार टुंगो भने लागेको छैन ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार तय गरिने उनले बताएका छन् । सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुने र महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो नलगाइएको उनले बताएका छन् ।
सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् ।
सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।



















