काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्कालगायत नेता रहेका छन् ।
त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका अध्यक्ष रवि लामिछाने, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी रहेका छन् । यस्तै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्वतन्त्र सांसदको पनि बैठकमा उपस्थिति छ ।
मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सकेपछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो ।
सर्वदलीय बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।




















