काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओली निवास वालकोट पुगेका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन र सभामुखबारे छलफल गर्न दाहाल ओलीलाई भेट्न गएको बताइएको छ । सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझसम्मै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । यद्यपि यती एयर विमान दुर्घटनापछि प्रचण्डका सबै कार्यक्रम रद्द भएको थियो ।
प्रधानमन्त्री दाहालले मंगलबार आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक बोलाएका छन् उनले आफूलाई कांग्रेसलगायतका दलले समेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु शसंकित भएका छन् ।




















