काठमाडौँ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
प्रवक्ता निरौलाका अनुसार विमानमा चालकदलका चार सदस्य सहित ७२ जना सवार थिए ।
नागरिक उड्डयन प्राधिकरणले विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार उक्त विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी थियो । यो विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो ।
“दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द भएका छन् । कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन,” ती अधिकारीले भने ।