काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ । सत्ता गठबन्धनको चौथो ठुलो दल राप्रपा ४ मन्त्रालयसहित अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा सरकारमा जाने भएको हो ।
राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । राप्रपाले ३ मन्त्रिसहित एक राज्यमन्त्री पाउने सम्भावना देखिन्छ ।
संघमा मन्त्री पाउने भएसँगै बाग्मती प्रदेशमा राप्रपाले मुख्यमन्त्रीको दाबी छाडेको थियो ।
राप्रपाले सत्ता गठबन्धनको सहमति अनुसार बागमती प्रदेशमा सभामुख पाउने भएको छ । लिङदेनसँगै महामन्त्री धवल शमशेर जबरा, बुद्धिमान तामाङ, धु्रव बहादुर प्रधान, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही मुख्य दाबेदार देखिएका छन् । विक्रम पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।
मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह प्रमुख सचेतक हुने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना देखिएको छ । राप्रपाको प्रत्यक्ष निर्वाचित ७ गरी प्रतिनिधिसभामा १४ सिट छ ।
पशुपति शमशेर जबराले अन्तिम पटक राजकीय जिम्मेवारीमा बस्न चाहेको नेताहरु बताउँछन् ।




















