काठमाडौँ । अस्ट्रेलियामा दुईवटा हेलिकप्टर आपसमा ठोक्किन पुगेका छन् । दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलका अनुसार दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।
घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ ।