काठमाडौं । जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई नेपाल टी- २० लिगमा सोमबार ८२ रनले पराजित गरेको छ ।
सन्दीप जोराको अर्धशतकको सहयोगमा जनकपुरले फार वेस्टलाई एक सय ६२ रनको लक्ष्य दिएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले सात विकेट गुमाएर एक सय ६१ रनको योगफल तयार गर्यो ।
जवाफी ब्याटिङमा उत्रिएको फार वेस्ट १५.१ मा सबै विकेट गुमाएर ७९ रनमा सीमित बन्यो ।
सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो ।