रियो दि जेनेरियो । लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ‘देशको पुनर्निर्माण’ गर्ने वाचा गरे ।
हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए ।
७७ वर्षीय दिग्गज वामपन्थीले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका थिए । (एजेन्सी)